अब 'मास्क' नलगाए दुई लाख रुपैयाँ जरिवाना
नियम आइतबारदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि लागू हुने आन्तरिक मन्त्रालयले जनाएको छ ।

२०७७ जेठ १ बिहीबार, दिउँसो १:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कतार । विश्वमा बढदै गएको कारोना भाइरस (कोभिड–१९) को सँक्रमण रोक्नको लागि कतार सरकारले अनिवार्य मास्क लगाउनुपर्ने नियम लागू गरेको छ ।
कोरोना भाइरसको जोखिम कम गर्न सम्पुर्ण नागरिकले मास्क लगाउनु पर्ने कतार सरकारले नियम लागु गरेको हो ।
नियम आइतबारदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि लागू हुने आन्तरिक मन्त्रालयले जनाएको छ ।
यसअघि निर्माण क्षेत्रका कामदारलाई मात्र मास्कको नियम अनिवार्य थियो । कोरोना सँक्रमणलाई विस्थापित गर्न तथा जोखिम कम गर्नको लागि सो नियम लागू गरिएको जनाइएको छ ।

प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुल अजिज अल थानीको नेतृत्वमा बुधबार बसेको मन्त्रीपरिषदको भिडिओ कन्फरेन्स बैठक मार्फत सवारीमा चालक एक्लै भएको स्थितिमा बाहेक अरु सबैले अनिवार्य रुपमा मास्क लगाउन पर्ने नियम आएको हो ।
कतार सरकारको अधिकारिक समाचार एजेन्सी कतार न्यूज एजेन्सीले सो नियम लागु गरिएको अधिकारिक जानकारी दिएको हो ।
नियमको उल्लंघन गरेको भेटिए १९९० को सरुवा रोग नियन्त्रण कानून नम्बर १७ बमोजिम तीन वर्ष सम्मको जेल सजाय र दुई लाख कतारी रियाल जरिवाना मध्ये कुनै एक हुन सक्ने मन्त्रालयले बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…