कतार एयरवेजद्धारा १ लाख जनालाई फ्रि टिकट, बुकिँग सुरु
यो योजना भने २०२० को डिसेम्बर २२ सम्मको लागि लागू हुनेछ ।

२०७७ बैशाख ३१ बुधबार, बिहान १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कत्तार । कतार एयरवेज कम्पनीले १ लाख जनालाई फ्रि टिकट दिने भएको छ ।
एयरवेजले होडिडे (विदाको दिन) प्याकेज अन्तर्गत ल्याएको यो सुविधामा कतारबाट १ लाख स्वास्थ्यकर्मीहरुले फ्रि (निःशुल्क) चढन पाउने भएको छ ।
यो योजना मँगलबार (सन् २०२०, मे १२ देखि) टिकट बुकिँग कार्य सुरु गरेको हो । विश्व महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणको लागि हौसला स्वरुप सो योजना ल्याइएको जनाइएको छ ।
टिकटको लागि १८ मे सम्म बुकिँग मात्र खुल्ला रहने जनाइएको छ । बुकिँग सुरु भएको ६ दिनभित्रै डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुले बुकिँग गर्न पाउनेछन् ।
United in dedication, we share our gratitude. On the occasion of International Nurses Day, from tomorrow until 18 May we're giving away 100,000 complimentary return tickets to healthcare professionals to anywhere on our network at https://t.co/DmXa4ZXLqp. #ThankYouHeroes pic.twitter.com/d88GIaOmZo
— Qatar Airways (@qatarairways) May 11, 2020
योजना अन्तर्गत डाक्टरसँग एक सहयोगी पनि रहन पाउने व्यवस्था गरिएको हो । कतार एयरवेजले उडान भर्ने विश्वको जुनसुकै देशमा जान पाउने जनाइएको छ ।
योजनामा डाक्टर, नर्स, ल्याबटेक्निीसियन लगायतका स्वास्थ्यकर्मीहरुले टिकट बुक गर्न पाउने छन । यो योजना भने २०२० को डिसेम्बर २२ सम्मको लागि लागू हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…