सिरहामा कालोबजारी : गोलबजारमा दुई गोदाम सिल
न्यूज ब्यूरो, सिरहा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मौका छोपी कालोबजारी गर्ने क्रम बढेको छ । कालोबजारीको गुनासो बढिरहँदा प्रशासनले अनुगमनलाई पनि तीव्रता दिएको छ । यसैबीच गोलबजारमा पनि बजार अनुगमन भएको छ । गोलबजार नगरपालिका र गोलबजार उद्

२०७७ बैशाख ३० मंगलबार, बिहान ६:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मौका छोपी कालोबजारी गर्ने क्रम बढेको छ ।
कालोबजारीको गुनासो बढिरहँदा प्रशासनले अनुगमनलाई पनि तीव्रता दिएको छ । यसैबीच गोलबजारमा पनि बजार अनुगमन भएको छ ।
गोलबजार नगरपालिका र गोलबजार उद्योग व्यापार संघको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमन टोलीले सो क्रममा लाखौं मूल्य बराबरको म्याद गुज्रेका खाद्यान्न तथा अनुमति विना विक्रि वितरणका लागि राखेका सुर्तीजन्य पदार्थ लगायतका सामाग्री जफत गरी नष्ट गरेको छ ।
गोलबजार नगरपालीकाका उप–प्रमुख रेशम कुमारी थापाको संयोजकत्वमा खटिएको टोलीले बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्य सामाग्री र सुर्तीजन्य पदार्थ तथा पेय पदार्थहरु जफतगरी नष्ट गरेको जानकारी दिए ।
व्यवसायीहरुले मानव स्वास्थ्यलाई समेत ख्यालै नगरी म्याद नाघेका खाद्य सामाग्री, पेय पदार्थ बेच्नेहरुलाई सचेत गराउँदै म्याद नाघेका र अनुमति पत्र बिना बेचिरहेको समान जफत गरिएको उद्योग व्यापार संघका अध्यक्ष भरत अग्रवालले जानकारी दिए । अव उपरान्त यस्तो भेटिए कानुनअनुसार कारवाही हुने पनि उनले चेतावनी दिए ।
सोही क्रमम पब्लिक कोल्ड स्टोर (पेप्सी डिलर) पनि सिल गरिएको छ । वितरकमा पेप्सि, मिरिण्डा, माउन्टेन डिउ लगायतका म्याद गुज्रेका पेय पदार्थ फेला परेकाले सिल गरिएको छ । त्यस्तै भावना राइस मिल, गोलबजार–६ ले अनुमिति बिना मापदण्ड विपरित बजारमा विक्रि गरेको पाइएपछि गोदाम शिल गरिएको गोलबजार उध्योग ब्यापार संघ का उपाध्यक्ष आनन्द यादवले जनाए ।
अनुगमनमा समितिका संयोजक उपप्रमुख रेशम थापा, गोलबजार उद्योग व्यापार संघका अध्यक्ष भरत अग्रवाल, उपाध्यक्ष आनन्द यादव, इलाका प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर जनक पुरी, सशस्त्र वेश क्याम्प गोलबजारका प्रमुख इन्सपेक्टर कृष्ण पौडेल तथा जनप्रतिनिधि र सञ्चारकर्मी सहितको सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…