बँगलादेशमा रहेका विद्यार्थीहरुको गुहार– 'विदेशी भूमि भन्दा आफ्नै देशमा मर्न पाउँ सरकार'
यसका साथै, उनीहरुले यथाशिघ्र उद्धार नगरे डिजिटल रिले अनसन बस्ने समेत चेतावनी दिएको हो ।

२०७७ बैशाख २९ सोमबार, बेलुकी ६:४० बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । अध्ययन अध्ययापनको लागि बँगलादेश गएका नेपाली विद्यार्थीहरु उद्धारको लागि गुहार लगाएका छन् ।
बँगलादेश स्थित रहेको नेपाली राजदुतावासमा गत एक महिना अघि नै सकुशल नेपाल फर्काईदिने वातावरण मिलाउन आग्रह गरेपनि हालसम्म केही नगरेको गुनासो पोखेका छन् ।
बंगलादेशमा रहेका कुनै पनि नेपाली नागरिक कोभिड–१९ को संक्रमणको शिकार नभएता पनि समयमै उद्धार गर्न ढिलासुस्ती भएको भन्दै उद्धारको लागि गुहार लगाएका छन् ।
सरकारसँग गुहार लगाउँदै विद्यार्थीहरुले त्यहाँ रहेका कैयौं नेपाली नागरिकहरु चाडै संक्रमित नहोलान भन्न सकिन्न र भविष्यमा नेपाल सरकार र सम्बन्धित निकायले गरेको उद्धारको कुनै अर्थ नरहने चेतावनी समेत दिएको छ ।
“उद्धारको लागि यहाँ रहेका नेपाली बिधार्थिहरुले दिनहुँ चित्कार गरिरहेका छन्,असहज महशुस गरिरहेका छन् , दैनिकी खान बस्न समेत कठिनाइ भोगिरहेका छन् , तसर्थ हरेक नेपाली नागरिक त्राशमय बातावरणमा बस्न बाध्य भइरहेको बास्तविकता सम्पूर्ण मानव अधिकारकर्मी, नागरिक समाज,सरोकारवाला समक्ष पुन ध्यानाकर्षण गराउन चाहन्छौं ।”– विद्यार्थीहरुद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सर्वोच्च अदालतले समेत आफ्नो देशको नागरिकलाई सकुशल स्वदेश फर्काउन आदेश दिइसके पनि यसबारे पहल नभएको भन्दै आफूहरु अहिले अभिभावक विहिन भएको भनेर दुःखेसो पोखेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…