नेपालमा अनलाईन कविता प्रतियोगिता सुरु
बिजेता प्रथम दित्तिय र तृतीयलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको हो ।

२०७७ बैशाख २९ सोमबार, बिहान १०:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनलाई मध्यनजर गर्दै नेपालमा अनलाईन कविता प्रतियोगिता सुरु गरिएको छ ।
विश्वव्यापारी रुपमा फैलिएको कोरोनाको महामारीलाई मध्यनजर गर्दै युवाहरुको एक समूहले अनलाईन कविता प्रतियोगिता सुरु गरेका छन् । प्रतियोगिता गत बैशाख २६ गतेबाट सुरु भईसकेको छ ।
लकडाउनको अवधिमा रचनाकार र कौशल भएका युवायुवति सहित ईच्छुक नेपालीहरुले “हाम्रो गौरव हाम्रो प्रदेश–२” नामक समुहको आहवानमा साहित्य क्षेत्रमा बिशेष रुचि राख्ने युवाहरूका लागि कविता प्रतियोगिता सुरु भएको हो ।
यस अनलाईन कविताका प्रतियोगिताका सँयोजक विद्यापति ठाकुरका अनुसार, कला भएका व्यक्तिहरुले आ–आफ्नो ठाउँ बाटै जुन सुकै भाषामा समेत सम–सामयिक भाषामा कविता रचना गरि भिडियो पठाउनुपर्ने छ ।

सोको नतिजा जेठ १६ गते सार्वजनिक गरिने छ भने बिजेता प्रथम दित्तिय र तृतीयलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको हो ।
यो अनलाइन नेपाल कविता प्रतियोगितामा, कुनै पनि नेपाली नागरिक सजिलै सहभागी हुनसक्नेछ र उल्लेखित व्हाट्सएप नम्बरमा कविताको भिडियोहरू पठाउन सक्ने संयोजक ठाकुरले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…