चाइनीज मिडिया भन्छन् : 'विश्वको उच्च शिखर सागरमाथा चिनमा पर्छ '
यस्तो अवस्था चीनको सरकारी मिडीयाले आफ्नो भएको भन्नु गलत भएको जानकारहरु बताउँछन् ।

२०७७ बैशाख २८ आइतबार, बिहान ११:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चीनको सरकारी मिडीयाले सगरमाथा चीनको भुमिमा रहेका दावी गरेका छन् ।
नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा स्थित रहेको संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा नेपालको भएपनि चीनको सरकारी मिडीयाले आफ्नो भएको बताएको हो ।
२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको दृश्य भनी तस्बिर राखेको छ । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको छ ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यो विश्व परिवेशमा चीनको आधिकारिक धारणा र समाचार प्रसारण र प्रकाशन गर्छ । उक्त टेलिभिजनमा सगरमाथा चीनमा पर्छ भनी उल्लेख गर्नुले गम्भीर प्रश्न उठाएको छ । चीनमा सगरमाथालाई कोमोलोङमा भन्ने गरिन्छ ।

सगरमाथाको चुचुरो नेपालमा पर्छ र यसलाई विश्वले पनि स्वीकार्दै आएको छ । तर, चीनले पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालाई कोमोलोङमा भन्दै आफ्नो देशमा पर्ने प्रचार गर्न थालेको छ । चीनले सगरमाथाको उचाई आफ्नो तर्फबाट नाप्न थालेको छ ।
सगरमाथा भन्ने वित्तिकै विश्वभर नेपाल भनेर चिनाइरहनु पर्दैन । नेपाल र सगरमाथा पर्यायबाची शब्द बने जस्तै छ ।
यस्तो अवस्था चीनको सरकारी मिडीयाले आफ्नो भएको भन्नु गलत भएको जानकारहरु बताउँछन् ।
नेपालपानको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…