भारतमा सुतिरहेका मजदुरमाथि रेल चल्यो, १६ को मृत्यु
न्यूज ब्यूरो, भारत । भारतको महाराष्ट्रको औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार, आफ्नो घर हिँडेका मजदुरहरु राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ । भारतीय प्रधानमन्त्री

२०७७ बैशाख २६ शुक्रबार, दिउँसो १:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतको महाराष्ट्रको औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
पाँच जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार, आफ्नो घर हिँडेका मजदुरहरु राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गर्दै रेलमन्त्रीलाई आवश्यक सबै सहयोगको लागि निर्देशन दिएको बताएका छन् । औरंगाबादका एसपी मोक्षदा पाटिलका अनुसार, सबै मजदुरहरु औरंगाबाद नजिकै रहेको जालनाको उक स्टिल कारखानामा काम गर्थे ।
उनीहरू भुसावल भन्ने स्थानतर्फ गइरहेका थिए । उनीहरुलाई औरंगाबादबाट रेल पाइन्छ भनेर सुनाइएको थियो । रात परेपछि उनीहरु रेलको लिगमा नै सुतेका थिए । रेल आउँदा उनीहरु सुतिरहेको कारण उनीहरुले भाग्ने मौका पाएनन् ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मे १७ सम्म लकडाउन घोषणा गरिएको छ । त्यसैले विभिन्न राज्यमा गएर काम गर्ने मजदुरहरु लामो बाटो हिँडेरै घर फर्किने गरेका छन् ।
रेलमन्त्री पियुष गोयलका अनुसार, चालकले मजदुरहरु लिगमा सुतिरहेको देखेपछि रेल रोक्ने प्रयास गरेका थिए । तर, उनले मजदुरहरुलाई बचाउन भने सकेनन् । मृत्यु हुने सबै मध्य प्रदेशका नागरिक रहेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…