पाकिस्तानले गर्यो लकडाउन खोल्ने निर्णय
न्यूज ब्यूरो, एजेन्सी । पाकिस्तानले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको छ । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा भएपनि आर्थिक क्षतिको सामना गर्न नसक्ने भन्दै लकडाउन खोल्ने निर्णय गरेको हो । बिहीबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लकडाउनका कारण धेरै गरिब तथा श्रमिकहरु प्रभावित बन

२०७७ बैशाख २६ शुक्रबार, बिहान ६:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । पाकिस्तानले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको छ ।
मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा भएपनि आर्थिक क्षतिको सामना गर्न नसक्ने भन्दै लकडाउन खोल्ने निर्णय गरेको हो ।
बिहीबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लकडाउनका कारण धेरै गरिब तथा श्रमिकहरु प्रभावित बनेको भन्दै लकडाउन खोल्न लागेको बताएका छन् । पाकिस्तानमा ठूलो संख्यामा गरिब तथा मजदुरहरु रहेकाले लकडाउन जारी राख्दा उनीहरुले दैनिक जीवनयापन गर्न नसक्ने प्रधानमन्त्री खानको भनाइ छ ।
उनले मुलुकमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकोमा आफूहरु जानकार रहेको बताए । यद्यपि पाकिस्तानमा अपेक्षा गरिएअनुसार कोरोना भाइरसको संक्रमण भने नफैलिएको उनको भनाइ छ ।
पाँच सातादेखि लकडाउनमा रहेको पाकिस्तानमा अहिलेसमम कोरोना भाइरसका संक्रमितको संख्या २४ हजार ७३ पुगेको छ । साथै पाँच सय ६४ जनाको यो भाइरसको कारण मृत्यु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…