'रेडजोन' मा जनकपुर, भारतबाट यसरी रातराती छिर्छ नेपाल
प्रदेश नं. २ को वीरगँजमा आजै १७ जना सँक्रमित भेटाएको हो । प्रदेश २ लाई सरकारले रेड जोनमा राखेको छ ।

२०७७ बैशाख २४ बुधबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सबै जिल्लालाई सरकारले रेड जोनमा घोषणा गरिएपनि भारतबाट आउने क्रम भने जारी छ ।
सोही क्रममा आज (बुधबार) विहानै करिब ३ः३० बजे भारतबाट ११ जना नेपाल प्रवेश गरेपनि प्रहरीलाई सुइको लागेन । भारत प्रहरीको सहयोगमै नेपाल छिराइएको बुझिएको छ ।
धनुषाका सशस्त्र प्रहरीले सीमा नाकामा कडाई गरिएको भनिएपनि भारतबाट सजिलै आउन सकेको देखिएको छ । सरकारले लकडाउन सहित सीमामा कडाई गर्न भनिएपनि आवतजावत भने यथावत छ ।
आज धनुषाको धनौजी गाउँपालिकाको भडरिया स्थित रहेको नेपाल भारत बोर्डरबाट ११ जना छिरेपछि प्रहरीलाई खवर भएको थियो ।
खवर पाएलगत्तै प्रहरीले ११ जनालाई नै घरबाट समातेर पुनः भारत पठाएको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले भारतको एसएसबीलाई उनीहरुलाई जिम्मा दिएको हो ।
आज विहान करिब ३ः३० बजेको समयमा भारतबाट नेपाल छिरेका उनीहरुलाई स्थानीयवासी सहयोगमा प्रहरीले पुनः भारत फिर्ता पठाएको छ ।
उनीहरु भारतको मदरासबाट पैदल हिँडेर आएका थिए । ११ जनामध्ये ८ जना धनुषाको बौहरबा गाउँको थियो भने ३ जना महोत्तरीको भँगहा सीतापुरका थिए ।
यतिको दिन पैदल हिँडेर आफ्नो गाउँ आएका उनीरुलाई गाउँवासीहरुले पुनः भारतकै क्वारेन्टाइनमा पठाएको हो ।
यसअघि सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजेश उप्रेतीले बोर्डरमा कडाई गरिएको र आवतजावत पूर्ण रुपमा प्रतिबन्ध गरिएको बताएका थिए ।
प्रदेश नं. २ को वीरगँजमा आजै १७ जना सँक्रमित भेटाएको हो । प्रदेश २ लाई सरकारले रेड जोनमा राखेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…