होटल आक्रमणमा मृत्यू हुनेको सँख्या ४० पुग्यो
संयुक्त राष्ट्रसंघ, ११ माघ : अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएका छ । यस दुर्घटनामा मारिएका व्यक्तिको प्राप्त पछिल्लो जानकारीअनुसार यो सङ्ख्या ४० पुगेको बिहीबार अधिकारीहरुले बताएका छन । अधिकारीहरुले दिएको स
२०७४ माघ ११ बिहीबार, दिउँसो ४:५३ बजे१ मिनेट पढाइ

संयुक्त राष्ट्रसंघ, ११ माघ : अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएका छ ।
यस दुर्घटनामा मारिएका व्यक्तिको प्राप्त पछिल्लो जानकारीअनुसार यो सङ्ख्या ४० पुगेको बिहीबार अधिकारीहरुले बताएका छन ।
अधिकारीहरुले दिएको सुरुको सङ्ख्या भन्दा यो दुुइगुना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलममा भएको आक्रमणमा परी २५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले एएएफपी समाचार समितिलाई बताउनु भएको थियो ।
यस आक्रमणको जिम्मा तालिबान आतङ्ककारी समूहले लिएका थिए । पाँच आतङ्ककारी होटेलभित्र प्रवेशगरी अफगान र विदेशी अधिकारी लक्षित आक्रमण गरेको बताइएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…