भारतमा एकैदिन कोरोनाबाट १२७ जनाको मृत्यु
भारतमा अहिलेसम्म १४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् ।

२०७७ बैशाख २४ बुधबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको छ ।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा अहिलेसम्म मृतकको संख्या १६ सय ९३ पुगेको छ । भारतमा सोमबार संक्रमणबाट १ सय ७५ जनाले ज्यान गुमाएका थिए ।
संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको वल्र्डओमिटरले जनाएको छ । भारतमा मंगलबार एकै दिन २९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् ।
भारतमा अहिलेसम्म १४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…