जनकपुरः रोकि राखिएको ट्रकको ४ वटा चक्का नै गायब !
यस बारे अनुसन्धान तथा खोजविन सुरु गरिएको प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।

२०७७ बैशाख २३ मंगलबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा रोकी राखिएको ट्रको ४ वटा चक्का चोरी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित रहेको एक ग्यारेजको अगाडी रोकि राखिएको ट्रकको ६ वटा चक्का (पाँग्रा) मध्ये ४ वटा चक्का चोरी भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय मुजेलियाका अनुसार, सवारी धनी अरुण साहको रोकि राखिएको ट्रकको ४ वटा चक्का कसैले खोलेर लगेको हो ।
सवारी धनी अरुण साहले न्यूज ब्यूरोलाई दिएको जानकारी अनुसार ४ दिन अगाडी मुजेलिया स्थित रहेको हिरो शोरुमको दक्षिणपट्टि छेउमा रहेको जफर गुरुजीको ग्यारेजबाट चक्का गायब भएको हो ।
साहको ना ३ ख ८३९१ नम्बरको ट्रकको पाँग्राहरु खोलेर लगिएको जनाईएको छ । साहका अनुसार, ग्यारेजको अगाडी विगत ४ महिनादेखि ट्रक रिपेरिँगको लागि राखिएको थियो ।
६ वटा चक्कामध्ये २ वटा अगाडीको र २ वटा पछाडीको चक्का खोलर लगिएको हो भने ट्रकको चक्का लाग्ने ठाउँमा इटको सपोर्ट राखिदिएको छ ।
यस बारे अनुसन्धान तथा खोजविन सुरु गरिएको प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…