भारतमा कोरोना संक्रमित संख्या ४० हजार नाघ्यो
न्यूज ब्यूरो, एजेन्सी । भारतमा कोरोना संक्रमितहरुको संख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार संक्रमितहरुको संख्या ४० हजार २ सय ६३ पुगेको हो । संक्रमणबाट मृत्यु हुनेको संख्या भने १३ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४ सय ८७ जना नयाँ संक्रमित फे

२०७७ बैशाख २२ सोमबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । भारतमा कोरोना संक्रमितहरुको संख्या ४० हजार नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार संक्रमितहरुको संख्या ४० हजार २ सय ६३ पुगेको हो । संक्रमणबाट मृत्यु हुनेको संख्या भने १३ सय ६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४ सय ८७ जना नयाँ संक्रमित फेला परेका छन् भने एकैदिन ८३ जनाको मृत्यु भएको छ । त्यस्तै १० हजार ८ सय ८७ जना बिरामी निको भएर फर्किएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…