कार बम विस्फोटनमा ३० भन्दा बढीको मृत्यु
बेनगाजी : लिवियाको दोस्रो ठुलो सहर बेनगाजीमा दुई कारबम विस्फोट हुदाँ ३० जनाभन्दा बढीको मृत्यु भएको छ । जियादीहरुले गराएको विस्फोटनमा परी अरु दर्जनौ घाइते भएको पनि चिकित्सा अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मंगलबार बेलुकाको प्राथनापछि आक्रमणकारीहरुले हमला गरेका हुन् । अन्य सहर भन्दा शान्त मानिन

२०७४ माघ ११ बिहीबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

बेनगाजी : लिवियाको दोस्रो ठुलो सहर बेनगाजीमा दुई कारबम विस्फोट हुदाँ ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।
जियादीहरुले गराएको विस्फोटनमा परी अरु दर्जनौ घाइते भएको पनि चिकित्सा अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मंगलबार बेलुकाको प्राथनापछि आक्रमणकारीहरुले हमला गरेका हुन् ।
अन्य सहर भन्दा शान्त मानिने बेनगाजी सहर गत बर्षको जुलाईमा जिहादी समूहबाट मुक्त घोषणा भएको थियो । सैन्य उच्च अधिकारी खालिफा हाफ्टारले जिहादी समूहबाट मुक्त भएको घोषणा गर्नु भएको थियो ।
जिहादीविरुद्ध बेनगाजीमा तीन बर्षे अभियान नै चलाइएको थियो । तर पनि हिंसात्मक घटना भने निरन्तर रुपमा भइरहेका छन् ।
मंगलबार भएका दुई घटनामध्ये पहिलो घटना भएर सुरक्षाकर्मी र आपतकालिन उद्धारकर्ताहरूले उद्धार गरिरहेको समयमा केही बेरमा अर्को घटना भएको थियो ।
सहरमै रहेको अल जाला अस्पतालका प्रवक्ता फाडिआ अल बरगाछीले अस्पतालमा २५ जनाको मृत्यु र ५१ जना घाइते भएको जानकारी दिनुभयो ।
त्यसैगरी अर्को बेनगाजी मेडिकल सेन्टरका प्रवक्ता खालिल गिडेरले आफ्नो अस्पतालमा नौ जनाको मृत्यु भएको र ३६ जना घाइते भएको बताउनुभयो ।
चिकित्सा अधिकारीले घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…