राहतमा 'सोना मँसुली' बाँडयौं, कुहिएको चामल 'कतरनी' कसरी भयो ? : वडाध्यक्ष भिन्भार
२/३ जनाले आफूलाई पत्रकार भन्दै पोका खोल्नुभन्दा पहिले नै सडेको भन्दै बारम्बार आफूलाई कुन पार्टीबाट जितेको भनेर मात्र सोधिरहे बताए ।
२०७७ बैशाख १९ शुक्रबार, बिहान ७:३४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको एक वडामा वितरणको क्रममा २ पोकामा फेला परेको कुहिएको चामल 'कतरनी' भएको वडाध्यक्षले दाबी गरेका छन् ।
शहिदनगर नगरपालिका वडा नं. २ का वडाध्यक्ष जैसी भिन्भारले गत बुधबार दिउँसो वितरण गरेको राहतको क्रममा ६०३ पोकामध्ये २ वटा पोकामा सडेको चामलको डल्लो र २ किलो आलुमा केही गोटा आलू समेत कुहिएको भन्दै नगरपालिकाका मेयर उदय कुमार बरबरिया र वडाध्यक्ष भिन्भार विरुद्ध केही वेर नारावाजी चल्यो ।
सो क्रममा वडाध्यक्ष भिन्भारले आफूले वडाबाट बाँडिएको चामल सोना मँसुली जातीको भएपनि कुहिएको चामलको डल्लो भएको पोकामा कतरनी चामल भएको दाबी गरेका छन् ।
वडाध्यक्ष भिन्भारले स्थानीय केही मध्यम वर्गीय र धनी परिवारले नै राहत आफूलाई पनि दिनुपर्ने भन्दै माग गरेपनि आफूहरु गरिबको लागि मात्र भएको भनेपछि उनीहरुले षडयन्त्र सुरु गरेको बताए ।
उनले भने,–“अहिले जहाँ पनि राहतको लागि मिलबाटै, गोदामबाटै चामल आउने गरेको छ । झन हामीले मिलबाटै तुरुन्तै ताजा चामल उठाएर ल्याएका थियौ । यतिको क्वीन्टल चामल मात्र सोना मँसुली जातीको थियो र हामी त्यही बाँडयौं । कुहिएको जुन पोका देखायो त्यसमा कतरनी चामल देखियो । केही हुनेखानेलाई नै राहत नदिएको झोंकमा त्यस्तो गरेको हुन सक्छ ।”
वडा नं. २ को विभिन्न टोलबाट राहत लिन गएका केही जनाले राजनीतिक पूर्वाग्रह र उक्साहटमा बदनाम मात्र गर्न खोजेको आरोप वडाध्यक्षले लगाए ।
राहत वितरणको लागि त्यहाँ रहेको सबै दलको सँयन्त्रण र प्रतिनीधि सम्मलित समिति बनेको र सबैको रोहबरमै राहत वितरण गरिएको बताउँदै केही जनाले आफूलाई बारम्बार कुन पार्टीको हो भनेर मात्र सोधिरहे बताए ।
“राहत वितरणको लागि सरकारले नै सबै पार्टीको सर्वदलिय समिति बनाएर मात्र वितरण गर्न परिपत्र गरेको छ । सोही बमोजिम हामीले राहतको पोका प्याक पनि गरयौ । मेरो अनुपस्थितिमा ५२ पोका प्याक भयो, त्यति बेला बाँकी पार्टीका प्रतिनीधि त त्यही थियो नी । नेपाली काँग्रेसका प्रतिनीधिले पनि षडयन्त्रण भएको बताएका छन् । अब भन्नुस यसरी को गर्न सक्छ ?– उनले भने ।
विभिन्न गाउँबाट आएका राहत लिनेहरुले राहत लिएर आ–आफ्नो गाउँ जानुभन्दा अघि नै वितरण स्थलमै केही पर गएर सबै जना आ–आफ्नो राहतको बोडी (पोका) खोलेर चेक गरेर मात्र लग्दै थिए ।
उनले भने,–“यदि त्यही बेला नै सडेको, कुहिएको भए हामीलाई भन्न सकिन्थ्यो र फिर्ता त्यतिबेला नै गर्न सकिन्थ्यो । सौहार्द रुपमै राहतमा यस्तो परयो भनेर नलिने भन्दै फिर्ता त कमसेकम गर्न सकिन्थ्यो । तर, उनीहरु राहत वितरण भइसकेको झण्डै डेढ २ घण्टापछि नारा जुलुस गाउँबाटै गर्दै आए । अब यसलाई आफैं बुझनुस् ।”
वडाध्यक्ष भिन्भारले पूर्ण सुनुयोजित तवरले दुई जनाले राहतको बोडी आफ्नो घर लगी आफ्नो घरबाट सडेको चामलको डल्लो राखेर नाराजुलुस गर्दै आएको दाबी गरेका छन् । उनले सोना मँसुलीको चामल मात्र वितरण गरेकोमा ६०३ पोकामध्ये मात्र २ पोकामा कतरनीको चामल भेटाएको दाबी गरे ।
यो घटनालाई सुनुयोजित बनाइएको बताउँदै २/३ जनाले आफूलाई पत्रकार भन्दै पोका खोल्नुभन्दा पहिले नै सडेको भन्दै बारम्बार आफूलाई कुन पार्टीबाट जितेको भनेर मात्र सोधिरहे बताए ।
उनले यस्तो पाराले सोधेपछि पक्कै पनि कुनै पार्टी वा दलबाट सँचालित भएको हुनुपर्ने बताउँदै त्यतिबेला आफू मात्र जनताको जनप्रतिनीधि र सार्वजनिक पदको व्यक्ति भएकोले चुप बसेको बताए ।
उनले भने–“कुनै पनि सँचारकर्मी वा पत्रकारले कुनै जनप्रतिनीधिलाई बारम्बार कुन पार्टीबाट जितेको भनेर सोध्नु नै उनीहरुको पूवाग्रह झल्किन्थो । तर, म ठोकुवा भन्छु सडेको भनेको चामल हामीले बाँडेकै होइनौ, हामीले बाँडेको सोना मँसुली चामल थियो भने मात्र २ पोकामा कतरनी कहाँबाट आयो ? मानौं यदि मिलबाला नै हामीलाई सडेको चामल दिएको थियो भने त्यो चामल त केही न केही मात्रामा भएपनि अन्य पोकाहरुमा पनि जान्थ्यो नी, मात्रै दुईटा पोकामै कसरी जान्छ ? एकै ठाउँमा सबै चामल निकाले हामीले पोका बनाएका थियौं । सम्भव नै छैन । जसले यस्तो योजना बनाएको थियो, उ आफू पनि आफ्नै नजरमा खसेको होला, किनभने उनीहरुको योजना पनि सफल भएन बदनाम गर्ने । यदि हामी त्यस्तो गरेको पाइयो भने कानुन बमोजिम सहौला ।”

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…