भारतमा कोरोनाबाट एकैदिनमा ७० को मृत्यु, मृतक संख्या १ हजार नाघ्यो
भारतमा कोरोनाबाट ३१ हजार ३ सय २४ जना संक्रमित भएका छन् ।

२०७७ बैशाख १७ बुधबार, दिउँसो १:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । विश्वभर फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा मंगलबार एकै दिनमा ७० जनाको मृत्यु भएको छ ।
भारतमा कोरोनाबाट एकै दिनमा ज्यान गुमाउनेको संख्या यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । वैशाख १४ गते आइतबार एकै दिनमा ६० जनाको मृत्यु भएको थियो । त्यो रेकर्ड तोड्दै मंगलबार ७० जनाको मृत्यु भएको दैनिक भास्कर अनलाइनले जनाएको छ ।
उसका अनुसार मंगलबार मात्रै कोरोनाबाट महाराष्ट्रमा ३१ र अहमदावादमा १९ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट १ हजार ११ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोनाबाट ३१ हजार ३ सय २४ जना संक्रमित भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…