भारतमा कोरोनाबाट हालसम्म ९३४ को मृत्यु, २९ हजार संक्रमित
भारतको महाराष्ट्र कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको छ ।

२०७७ बैशाख १६ मंगलबार, दिउँसो १२:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या नौ सय ३४ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भएको हो । साथै संक्रमितको संख्या पनि २९ हजार चार सय ३५ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा भारत समग्र संक्रमितको संख्या पनि एक हजार ६ सयभन्दा धेरै बढेको हो । भारतको महाराष्ट्र कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको छ ।
अहिलेसम्म महाराष्ट्रमा तीन सय ६९ जनाको मृत्यु भइसकेको छ भने आठ हजार पाँच सय ९० जना संक्रमित छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…