भारतको ८५ जिल्लामा १४ दिनयता भेटिएनन् नयाँ संक्रमित
न्यूज ब्यूरो, भारत । भारतमा नोभेल कोरोना भाइरसबाट २८ हजार ३८० जना संक्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा एक हजार ४६३ जनालाई कोरोना संक्रमण भएको छ । हालसम्म भारतमा ६ हजार १८४ जना अर्थात २२ प्रतिशतको उपचारपछि अस्पतालबाट

२०७७ बैशाख १५ सोमबार, राति ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतमा नोभेल कोरोना भाइरसबाट २८ हजार ३८० जना संक्रमित भएका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा एक हजार ४६३ जनालाई कोरोना संक्रमण भएको छ ।
हालसम्म भारतमा ६ हजार १८४ जना अर्थात २२ प्रतिशतको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । पछिल्लो १४ दिनदेखि भारतका विभिन्न ८५ जिल्लामा नयाँ संक्रमित फेला नपरेको बताइएको छ ।
यस्तै, १६ वटा जिल्लामा २८ दिनदेखि नयाँ कोरोना संक्रमित नदेखिएको स्वास्थ्य मन्त्रालयका सचिव लब अग्रवालले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…