अमेरिका र दक्षिण कोरियाली गुप्तचर भन्छन् : 'किम जोन जीवित छन्'
न्यूज ब्यूरो, एजेन्सी । अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र

२०७७ बैशाख १५ सोमबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् ।
वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै जीवित रहेको उल्लेख गरेको हो ।
अमेरिकास्थित उत्तर कोरियाको निगरानी योजना ३८–नर्थले गत साता उत्तर कोरियाको वोन्सानमा किमको रेल रोकिएको स्याटेलाइटको फोटो सार्वजनिक गरेको छ । गत साता किम जोङ उन सोही क्षेत्रमा रहेको दक्षिण कोरियाको गुप्तचर अधिकारीले पनि बताएको समाचारमा उल्लेख छ ।
गत अप्रिल १५ मा किम जोन उन आफ्ना हजुरबाको जन्म जयन्तीमा सहभागी हुन नसकेसँगै उनको स्वास्थ्य अवस्थाको विषयमा अड्कलबाजी शुरु भएको थियो । शनिबार पनि उनी सेनाको स्थापना दिवसको अवसरमा पनि देखिएनन् । त्यससँगै उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…