टाइफाईड र बच्ने उपाय
डा.अरुणकुमार सिंह बालरोग एंडोक्रिनोलॉजी एंड मधुमेह फेलोसिप विशेषज्ञ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान!! टाइफाइडलाई नेपालीमा आन्तरिक ज्वर वा म्यादी जरो ,यो ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ।टाइफाइडको प्रमुख कारण साल्मोनोला टाइफी नामको ब्याक्टे

२०७४ माघ ९ मंगलबार, राति ११:०० बजे२ मिनेट पढाइ

डा.अरुणकुमार सिंह
बालरोग एंडोक्रिनोलॉजी एंड मधुमेह फेलोसिप विशेषज्ञ
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान!!
टाइफाइडलाई नेपालीमा आन्तरिक ज्वर वा म्यादी जरो ,यो ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ।टाइफाइडको प्रमुख कारण साल्मोनोला टाइफी नामको ब्याक्टेरियम हो। यो ब्याक्टेरियम मानिसको आन्द्रा तथा रगतमा बसेर बढ्ने गर्दछ।
टाइफाइड सामान्यतया रोगीको दिसाबाट प्रदुषित खाना तथा पानीको माध्यमबाट सर्ने गर्दछ।व्यक्तिगत तथा वातावरणीय सरसफाइको अभावसँगै यसको सङ्क्रमणको जोखिम बढ्ने गर्दछ।
सङ्क्रमणको छ देखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्ददेखि गम्भीर प्रकृतिका हुने गर्दछन्।टाइफाइड लागेको बेलामा प्रायजसो बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो देखिने गर्दछ।त्यस्तै कमजोरी हुने, पेट दुख्ने, कब्जियत हुने तथा टाउको दुख्ने जस्ता लक्षणहरू पनि देखिने गर्दछन्।सामान्यतया यस्तो बेलामा पखाला लाग्दैन र बान्ता भए पनि कुनै गम्भीर लक्षण देखिँदैन!
टाइफाइडका केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग देखा पर्ने गर्दछ। गम्भीर खालको टाइफाइड लागेको बेलामा बिरामीहरू दिग्भ्रमित हुने गरेको पनि पाइन्छ। यदि टाइफाइडको बेलैमा उपचार गरिएन भने यसका लक्षणहरू केही हप्ता वा महिनौसम्म पनि देखिन सक्छन्!
मानिसले कुनै लक्षणहरू नदेखाइकन पनि यो रोग शरीरमा धारण गर्न सक्छन्। यस्तो बेलामा पनि उनीहरूबाट अन्य मानिसहरूमा टाइफाइड सर्न सक्छ।टाइफाइड पाराटाइफाइड ज्वरोसँग आउने आन्द्रासम्बन्धि रोग हो।
टाइफाइडको पहिचानको लागि ब्याक्टेरियालाई प्रयोगशालामा कल्चर गर्ने वा रगत, दिसा वा हाडमांसीमा ब्याक्टेरियाको डिएनए पहिचान गर्ने गरिन्छ।यो ब्याक्टेरियम कल्चर गर्न गाह्रो हुन सक्छ भने हाडमांसीमा गरिने परीक्षण सबैभन्दा सही नतिजा निकाल्ने हुन्छ।[यसका लक्षणहरू अन्य धेरै सङ्क्रामक रोगहरूका लक्षणहरूसँग मिल्ने खालका हुन्छन्।
टाइफाइडविरुद्धको खोप लगाएर दुई वर्षसम्म ३० देखि ७० प्रतिसत रोग लाग्नबाट बचाउन सकिन्छ। यो खोपको केही प्रभावकारीता सात वर्षसम्म रहन्छ।
टाइफाइडको उच्च जोखिममा रहेकाहरू वा प्रकोप रहेका स्थानहरूमा भ्रमणका लागि जानुभन्दा पहिला यो खोप लगाउन सुझाव दिइन्छ।
यो रोगबाट बच्न सफा खानेपानीको व्यवस्था, सरसफाइ र साबुन पानीले राम्रोसँग हातधुने जस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ।
यदि कसैलाई टाइफाइड लागेको छ भने उसको सङ्क्रमण हटेको स्पष्ट रूपमा प्रमाणित नभइञ्जेलसम्म उसलाई अन्य मानिसको लागि खाना तयार पार्ने काम दिनु हुँदैन। यो रोगको उपचारका लागि अजिथ्रोमाइसिन, फ्लुरोक्विनोलोन वा तेस्रो पुस्ताको सेफालोस्पिरिन जस्ता एन्टिबायोटिक औषधिहरूको प्रयोग गरिन्छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…