विश्वभर कोरोना : मृतकको संख्या २ लाख नजिक, २८ लाखबढी संक्रमित
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख नजिक पुगेको छ । यसको संक्रमणबाट गएको २४ घन्टामा मात्रै विश्वभर ६ हजार ६४ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार २ सय ४५ पुगेको वल्र्डओमिटरले जनाएको छ । अह

२०७७ बैशाख १३ शनिबार, बिहान ७:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख नजिक पुगेको छ ।
यसको संक्रमणबाट गएको २४ घन्टामा मात्रै विश्वभर ६ हजार ६४ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार २ सय ४५ पुगेको वल्र्डओमिटरले जनाएको छ ।
अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख ३० हजार ३८ पुगेको छ । शुक्रबार मात्रै १ लाख ३ हजार ६ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये सात लाख ९७ हजार २ सय ४५ जना उपचारपछि निको भएका छन् । गएको २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा १८ सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५२ हजार ९२ पुगेको छ । अमेरिकामा अहिलेसम्म ९ लाख २३ हजार ६ सय १२ जना संक्रमित भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…