सरस्वति पूजामै पाँच लाख खर्च
जनकपुरधाम, ९ माघ । हरेक वर्ष श्रीपँचमीका दिन मनाइने विद्याकी दात्री सरस्वति पूजा जसरी भएपनि यसपाली पनि धुमधामले मनाइएको छ । जनकपुरको महाराज सागर पूजा समितिले बनाएको प्रतिमा सजावटमै २ लाख ४० हजार खर्च भएको सुन्दा अच्चमै लाग्न सक्छ, तर सत्य हो । सरस्वतिको मूर्ति निर्माणकाल देखि नै कडा निगरानीमा तयार प

२०७४ माघ ९ मंगलबार, राति ९:१८ बजे१ मिनेट पढाइ


जनकपुरधाम, ९ माघ ।
हरेक वर्ष श्रीपँचमीका दिन मनाइने विद्याकी दात्री सरस्वति पूजा जसरी भएपनि यसपाली पनि धुमधामले मनाइएको छ ।
जनकपुरको महाराज सागर पूजा समितिले बनाएको प्रतिमा सजावटमै २ लाख ४० हजार खर्च भएको सुन्दा अच्चमै लाग्न सक्छ, तर सत्य हो ।
सरस्वतिको मूर्ति निर्माणकाल देखि नै कडा निगरानीमा तयार पारिएको ती प्रतीमाको सजावटमै १० दिन लागेको आयोजक समितिले जनाएको छ ।

१० दिन नै खर्चेर सजाइएको ती प्रतिमा तराई मधेसमै सबभन्दा महँगो मान्न सकिन्छ ।
समुदायिक विद्यालय सहित नीजी विद्यालय तथा नीजि क्षेत्रमा माता सरस्वतिको पूजा प्रतीमा निर्माण गरी बढीमा ५० हजारसम्म खर्च गरि सधारणतया गरिन्छ र गरिएको पनि देखिएको हो ।

तर जनकपुरमा एक त्यही ठाउँमा करिब अढाई लाख रुपैयाँ खर्च गरी मात्र मूर्ति सजाइएको थियो ।
महाराज सागर पूजा समिति जनकपुरले तराई मधेसमै सबैभन्दा भव्य रुपले मनाइएको दाबी गरेका छन् ।

पूजा समितिले जुटाएको २ लाख ४० हजार मात्र सजावटमा खर्च भएपछि प्रसाद र अन्य खर्चसम्म साढे पाँच लाख रुपैयाँ खर्च भएको आयोजक समिति दाबी गरेका छन् ।
महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं. ३ का प्रदेश सभा सदस्य अभिराम शर्माको प्रमुख आतिथ्यमा आयोजना गरिएको सरस्वति पूजा भव्यताका साथ मनाइएको हो ।

शर्मा सपरिवार सहित प्रसाद ग्रहण गर्न पूजा स्थल पुगेका बताइएको छ ।
पूजा समितिका सदस्यहरु सरिफूल राईन, दिपक राय, उदित मण्डल, मोनु झा, हिमाँशु राज, गुडडु साह, विटटु साह, जीतेन्द्र साह, राधे मण्डल सहितको विषेश सक्रियतामा पूजा विधिवत रुपमा सफलतापूर्वक भव्यताका साथ सम्पन्न गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…