जनकपुरः क्वारेन्टाइनमै कर्मचारीद्धारा महिला उपर बलात्कारको प्रयास !
उनले आरोपितसँग अनुसन्धान गरी मात्र थप कुरा भन्न सकिने बताए ।

२०७७ बैशाख १२ शुक्रबार, दिउँसो १२:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक नगरपालिकाको क्वारेन्टाइनमा क्वारेन्टाइनमा बसेकी महिला उपर बलात्कारको प्रयास भएको घटना बाहिर आएको छ ।
धनुषाको विदेह नगरपालिकाको वडा नं. ६ स्थित निर्माण गरिएको क्वारेन्टाइनमा बसेकी एक महिला उपर गएराती बलात्कारको प्रयास भएको तथ्य बाहिर आएको हो ।
गएराती करिब ११ बजेको समयमा क्वारेन्टाइनमा बसेकी एक महिला उपर त्यसमै कार्यरत कर्मचारीले बलात्कारको प्रयास गरेको आरोप लगाइएको छ । सो आरोप ती कर्मचारी पक्राउ परेका हुन् ।
गएराती बलात्कारको प्रयास गर्दा महिला चिच्याएर हल्ला गरेपछि खैलाबैला मच्चिएको थियो । राती नै ती कर्मचारीलाई पक्राउ गरी प्रहरीले राखेका थिए । आज विहानदेखि अनुसन्धानमा राखिएको छ ।
सो सन्दर्भमा नगरपालिकाका मेयर बेचन दासले महिलाले लगाएको आरोप निराधार रहेको बताएका छन् ।
उनले एक सफाई कर्मचारीको रुपमा राखिएको आरोपित युवक त्यही गाउँको रहेको तथा गलत गरेको भए त्यहाँबाट भाग्न समेत सकिन्थ्यो भन्दै मेयर दासले ती कर्मचारी विहानै उठेर सरसफाई सहित आफ्नो अन्य जिम्मेवारी बहन गरेको बताए ।
महिला क्वारेन्टाइनमा बस्न नचाहेर विभिन्न बहाना बनाउँदै ती युवकलाई अनाहकमा फँसाउन मात्र खोजेको मेयर दासले बताए ।
यता, महिलाको उजुरीको आधारमा प्रहरी चौकी तिनकोरियाले ती युवकलाई नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको छ भने अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइरहेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए ।
उनले आरोपितसँग अनुसन्धान गरी मात्र थप कुरा भन्न सकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…