लकडाउनमा रक्सी पसलमा प्रहरीको छापा
न्यूज ब्यूरो, धनुषा । देशव्यापी रुपमा गरिएको लकडाउनमा पनि सञ्चालन गरिएको धनुषाको एक मदिरा पसलमा प्रहरीले छापा हानेको छ । धनुषाको धनुषाधाम नगरपालिका ७ स्थित किसानपुर चोकमा सञ्चालित एक रक्सी पलसमा प्रहरीले छापा हानेको हो । लकडाउनलाई उल्लंघन गर्दै पसलमा मानिसहरुको आउजाउ भइरहेको सूचनाको आधारमा ईलाका प्र

२०७७ बैशाख ११ बिहीबार, राति ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । देशव्यापी रुपमा गरिएको लकडाउनमा पनि सञ्चालन गरिएको धनुषाको एक मदिरा पसलमा प्रहरीले छापा हानेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका ७ स्थित किसानपुर चोकमा सञ्चालित एक रक्सी पलसमा प्रहरीले छापा हानेको हो । लकडाउनलाई उल्लंघन गर्दै पसलमा मानिसहरुको आउजाउ भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटेको प्रहरीको क्यूआरटी टोलीले छापा हानेका हुन् ।
ड्यूटीमा रहेका प्रहरी हबल्दार मनोज पण्डितसहित प्रहरी जवान काजीराम चौधरी पसलमा पस्दा एकजना बालक पसलमा रहेको र सञ्चालक भने फरार थिए । छापा हान्दा होटलमा भेटिएको मदिरा नष्ट पारेर पसल बन्द गराइएको प्रहरी हबल्दार पण्डितले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…