डा. राउतको टिप्पनी : 'दुई ढलको फोहोर पानी एकठाउँ मिल्दैमा शुद्ध हुँदैन'
लुकेर बसेका नेताहरू अहिले कुर्सी खोसिन लागेपछि बाहिर निस्केको पनि आरोप लगाएका छन् ।

२०७७ बैशाख ११ बिहीबार, दिउँसो ४:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण हुँदैमा मधेशी जनताको चाहना पून हुन नसक्ने बताएका छन् ।
डा. राउतले बिहीबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दुई ढलको खराब पानी एकठाउँ मिल्दैमा तिर्खा मेट्न नसक्ने टिप्पनी गरेका हुन् । उनले लेखेका छन्, ‘दुई ढलका पानी मिल्यो, धेरै पानी भयो । के यसले तपाईंहरू (मधेशीहरू) को तिर्खा मेट्छ ? तिर्खा मेटाउन स्वच्छ, सफा र निर्मल पानी चाहिन्छ, बरु थोरै किन नहोस् ।’
उनले आफ्नो पार्टी मात्र मधेशका लागि निर्मल जल भएको र पुनर्जीवन दिने अमृत रहेको दाबी पनि गरेका छन् । डा. राउतले दुबै दललाई ‘शौचालयबाट बगाइएको ढलको पानी’को संज्ञा दिए ।
उनले कोरोना भाइरसको कहरका कारण मधेशी जनता भोकले आक्रान्त भएका बेला लुकेर बसेका नेताहरू अहिले कुर्सी खोसिन लागेपछि बाहिर निस्केको पनि आरोप लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…