पूर्वमन्त्रीले ७० बर्षमा सवारी लाईसेन्स लिए
भक्तपुर, ९ माघ : नेपालमै एक पूर्व मन्त्रीले आफनो जीवनको ७० बर्षको उमेरमा सवारी चालक अनुमति पत्र अर्थात लाईसेन्स लिएका छन् । सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले जीवनको ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन । आइतबार लिखित परीक्षा उत्तीर्ण गर्नुभएका बस्नेतले आज प्रयोग

२०७४ माघ ९ मंगलबार, दिउँसो ३:४१ बजे१ मिनेट पढाइ

भक्तपुर, ९ माघ : नेपालमै एक पूर्व मन्त्रीले आफनो जीवनको ७० बर्षको उमेरमा सवारी चालक अनुमति पत्र अर्थात लाईसेन्स लिएका छन् ।
सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले जीवनको ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन ।
आइतबार लिखित परीक्षा उत्तीर्ण गर्नुभएका बस्नेतले आज प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गर्नुभयो ।
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महेश बस्नेतका पिता पूर्णबहादुरले ३९ वर्षदेखि साइकल चलाउँदै आएका थिए ।
दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थालेका पूर्णबहादुरले स्कुटरमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान अब सजिलो भएको बताए।
उनले भने, “धेरै पटक स्कुटरमा पशुपति, डोलेश्वर, आशापुरीलगायत मन्दिर पुगेको छु, कहिलेकाहीँ गाउँमा स्कुटर चलाउँदा छोरा महेशले लाइसेन्स नभई स्कुटी चलाउँदा समस्या पर्छ भनेपछि लाइसेन्सको ट्रायल दिएको हुँ, पास भएँ ।”
कुनै घटना भइहाले पूर्वमन्त्री, सांसदका बाबुले लाइसेन्सविना स्कुटी चलाए भनेर खबर जाला भनेर छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उनको भनाई हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…