प्रदेश २ः लकडाउनमा बाहिर निस्कन जिद्द गरेपछि छोरीको हत्या !
प्रारम्भिक बयानमा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२०७७ बैशाख ८ सोमबार, बिहान १०:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । लकडाउनमा छोरीले बाहिर निस्कने जिद्द गरेपछि घाँटी थिचेर हत्या गरेको रहस्य खुलेको छ ।
प्रदेश नं. २ को वीरगञ्ज महानगरपालिका– १ छपकैया बस्ने २९ वर्षका सञ्जयकुमार साह सोनारले आफ्नै छोरीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
सर्राफले ७ वर्षकी छोरी अंशुकुमारी सर्राफको हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभएको छ ।
‘छोरीको घाँटी थिचेर हत्या गरेको र कसुरबाट बच्न आत्महत्या जस्तो वरदात बनाएको खुल्न आएको छ, घटनाका बारेमा थप अनुसन्धान गरिरहेका छौँ।– उहाँले भन्नुभयो ।
सरकारले गत चैत्त ११ गतेदेखि नै लगाएको लकडाउनको सुरु दिनमै दिउँसो अँशुलाई घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । उनले कोठाको भित्तामा गाडिएको किलामा सलले पासो लगाई आत्महत्या गरेको खबर प्रहरीलाई दिएको थियो ।
झुण्डिरहेको अवस्थामा बाबु सञ्जयले देखेर पासो खोली तत्कालै नारायणी अस्पतालमा र्पुयाएको र अस्पतालले मृत घोषणा गरेको दाबी गरिएको परिवारको भनाइ थियो । तर, प्रहरी अनुसन्धानका क्रममा बाबुले घाँटी थिचेर हत्या गरेको खुलेको डीएसपी शाहीले बताउनुभयो ।
२०७७ वैशाख ४ गते सञ्जयलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अंशुले आत्महत्या गरेको नभई हत्या भएको तथ्य खुलेको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सञ्जयले हत्या गर्ने नियतले नभई छोरीलाई तर्साउने उद्देश्यले घाँटी थिचेको तर, उनको मृत्यु भएको थियो।
कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन सुरु भएको दिन अंशुले बाहिर जान जिद्दी गरिरहेकी थिइन् । सोही क्रममा सञ्जयले बाहिर नजानभन्दा उनले नमानेपछि पिटेका थिए ।
झन् जोडले रुन लागेपछि तत्कालका लागि चुप लगाउन सञ्जयले छोरीको घाँटी थिचेका थिए । छोरीको मृत्यु भएपछि झस्केका सञ्जयले आफू सजायबाट बच्नका लागि छोरीले आत्महत्या गरेको भनी नाटक रचेका थिए ।
प्रारम्भिक बयानमा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…