वैशाख १५ पछि लकडाउनको स्वरुप फेर्ने सरकारको तयारी
न्यूज ब्यूरो, काठमाडौं । सरकारले वैशाख १५ पछि लकडाउनको स्वरुप परिमार्जन गर्ने तयारी सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमलाई तीन वर्गमा विभाजन गरेर त्यसैअनुसार लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको हो । सरकारले कोरोना भाइरस संक्रमण रोक्न चैत ११ गतेदेखि देशव्यापी लक

२०७७ बैशाख ८ सोमबार, बिहान ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले वैशाख १५ पछि लकडाउनको स्वरुप परिमार्जन गर्ने तयारी सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमलाई तीन वर्गमा विभाजन गरेर त्यसैअनुसार लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको हो । सरकारले कोरोना भाइरस संक्रमण रोक्न चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको छ ।
बढी संक्रमण देखिएको क्षेत्र (हट स्पट) मा अहिलेको भन्दा कडा लकडाउन गर्ने र बाँकी क्षेत्रमा लकडाउन क्रमशः खुकुलो गर्दै लैजाने योजना रहेको एक अधिकारीले बताए । जोखिम कम रहेको क्षेत्रमा निजी सवारी साधन, कलकारखाना र खेतीपाती गर्न दिने सरकारको तयारी रहेको उनले बताए ।
सार्वजनिक यातायात चल्न नदिने तर मोटरसाइकल, कारलगायत व्यक्तिगत सवारी साधन चल्न दिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…