तर, जनकपुरमा सटरभित्र कसले राख्यो पैसा ?
यस्तो कुनै मनसाय नरहेको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।

२०७७ बैशाख ७ आइतबार, बेलुकी ५:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत शुक्रबारदेखि बाटोमा नोटहरुको त्रास हुन थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरिएकी दुवै महिलाको कुनै मनसाय नरहेको बताएको छ ।
नोटहरुमा थुक लगाएर कोरोना सँक्रमण फैलाउने जस्ता अफवाह र त्रासबीच जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुको चेकअप गराउँदा दुवै जनामा कोरोनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुको यस्तो कुनै मनसाय नरहेको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बाटोमा उनीहरुले पैसा नफालेको तथा गोजीबाट नोटहरु झरेको मात्र थियो बताएका छन् ।
कोरोना फैलाउने षडयन्त्रण हुन सक्ने भन्दै स्थानीयहरुको त्रासलाई मध्यनजर गर्दै नोट सहित शनिबार (हिजो) पक्राउ गरिएकी महिलालाई कोरोना सम्बन्धी जाँचको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो ।
त्यसअघि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा ती दुई महिलाले सकडमा जानीबुझिकन पैसा नफालेको निष्कर्ष निकालेको हो । उनीहरु बैंकबाट रकम निकालेर घर गइरहेको बेला रकम झरेको थियो ।
सोही सन्दर्भमा धेरै जनाको चासोको विषयमा सोधपुछ गर्दा सटरभित्र पैसा कसले राख्यो भन्ने प्रश्नमा प्रवक्ता कार्कीले सकडमा पैसा झरेको देखेपछि एक काँक्रो (खिरा) बेच्ने महिलाले उठाएकी थिइन् ।
त्यसपछि स्थानीयहरुले कसैले फालेको हुनुपर्ने र त्यसमा सँक्रमण हुन सक्ने भनेपछि काँक्रो बेच्ने महिलाले त्यो नोटलाई त्यही सटरभित्र हालिदिएको बताइएको छ । महिला त्यही बसेर काँक्रो बेचिरहेकी थिइन् ।
जनकपुरमा नोट भेटाएपछि केही जमातले ती महिलाहरु कोरोना फैलाउने षडयन्त्र गरेको हुनुपर्ने भन्दै आफैंमा आतंकित बन्दै अरुमा पनि आतंकमा मच्चाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…