भारतमा कोरोनाबाट २४ घण्टामा ४३ को मृत्यु, देखियो आशाका किरण
न्यूज ब्यूरो, भारत । भारतमा कोरोना संक्रमणबाट एकैदिन ४३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, चौबिस घण्टाको बीचमा ४३ जनाको मृत्यु भएको छ भने ९९१ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा मृत्यु हुनेको संख्या ४८८ पुगेको छ । संक्रमितहरुको संख्या भने १४ हजार ७९२ पुगेको

२०७७ बैशाख ७ आइतबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतमा कोरोना संक्रमणबाट एकैदिन ४३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, चौबिस घण्टाको बीचमा ४३ जनाको मृत्यु भएको छ भने ९९१ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा मृत्यु हुनेको संख्या ४८८ पुगेको छ ।
संक्रमितहरुको संख्या भने १४ हजार ७९२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालका अनुसार केही जिल्लाको पछिल्लो रिपोर्टलाई हेर्दा आशाका किरणहरु देखिन थालेका छन् । उनका अनुसार बितेको २८ दिनमा २३ राज्यका ४७ जिल्लामा कुनै संक्रमित भेटिएका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…