जनकपुरमा शंकास्पद नोट फाल्ने यी २ महिला CCTV मा देखिए, 'मोस्ट वान्टेड' को सूचिमा
प्रहरीले सिसिटिभी फुटेज झिकाएर अनुसन्धान थालिएको बताइएको छ ।

२०७७ बैशाख ५ शुक्रबार, बेलुकी ६:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज दिउँसो जनकपुरमा शंकास्पद १० को नोटहरु फाल्ने महिलालाई धनुषा प्रहरीले मोस्ट वान्टेडको सूचिमा राखेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ महावीर चोक स्थित बीच बाटो सहित सटरहर भित्र शंकास्पद १० १० को नेपाली रुपैयाँ (नोट) हरु फालेपछि कोरोना फैलाउने षडयन्त्र गरेको भन्दै सूचिमा राखिएको हो ।
धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार बीचबाटोमा पैसा फाल्ने यी महिलाहरु मुख छोपेकोले पहिचान हुन गाह्रो भएको बताउँदै यीनीहरुलाई मोस्ट वान्टेडको सूचिमा राखेर अनुसन्धान थालिएको बताउनुभयो ।
ती महिलाहरु दिउँसो करिब १ बजेको समयमा महावीर चोकमा नोटहरु फालेर भागेकी थिइन् । भारतमा पनि नोटहरुमा कोरोना सँक्रमित विरामीले झन फैलाउने उदेश्यले थुक (सँक्रमण) लगाएर फाल्ने गरेको घटना बाहिर आएको थियो ।
बीच सडकमै रकमहरु फालेपछि नोटमा कोरोना सँक्रमित व्यक्तिको थुक वा सँक्रमण लगाएर फालेको हुन सक्ने आशंका गरिएको छ । त्यो नोट उठाउने व्यक्तिलाई समेत सँक्रमण हुन सक्ने भन्दै प्रहरीले अलर्ट गरेको छ ।
प्रहरीले सिसिटिभी फुटेज झिकाएर अनुसन्धान थालिएको बताइएको छ । प्रवक्ता कार्कीले कसैले पनि यी हुलियाका शंकास्पद दुई महिला देखिए १०० मा खवर गर्न भनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…