सम्पूर्ण प्रवासी सदस्यहरु मिलेर समस्यामा परेकालाई सहयोग गरौं : प्रमुख कुशवाहा
यस सम्बन्धी जानकारी सम्बन्धित देशका राष्ट्रीय समिति (NRMA - National Committee) मार्फत गरिने छ।
२०७७ बैशाख ४ बिहीबार, बिहान ११:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, दुबई । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग प्रमुख ईन्जिनीयर बसन्त कुशवाहाले समस्यामा परेकाहरुलाई सबै मिली सहयोग गर्न आग्रह गर्नुभएको छ ।
गत १२ अप्रिल २०२० का दिन जनमत पार्टी बिदेश विभागको ऑनलाइन बैठकबाट जनमत पार्टीका विदेश विभाग प्रमुख कुशवाहाले सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
सो बैठकबाट सम्पूर्ण जन समुदायमा कोरोना वाइरसबाट आफूलाई सुरक्षित राख्दै सम्पूर्ण प्रवासी नागरिकसंग सम्पर्क बनाई राख्न अपील समेत कुशवाहाले गर्नुभएको छ ।
यस संक्रमण कालमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेका सबैलाई सहयोग गर्न समेत अनुरोध प्रमुख कुशवाहाले गर्नुभएको छ ।
गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय समिति अध्यक्ष समेत रहेका ई. कुशवाहाले लॉकडाउनमा बसेको बेला सम्पूर्ण सदस्यहरूलाई ‘१० मिनट स्पीच अभियान’ मा समेत सहभागी हुन आग्रह गरिएको छ।
यसका लागी ५ मिनट घोषणा पत्रबाट र ५ मिनट स्थानीय विषय मिलाएर १० मिनट सम्मको विडीओ स्पीच तैयार गरेर nrm.association@gmail.com मा पठाउन सकिनेछ।
कोरोना वाइरस संक्रमण काल पश्च्यात् लाखौ प्रवासी नेपाल फिर्ता जाने सम्भावना रहेको छ। यसलाई ब्यवस्थापनका लागी संगठनले सम्भावित निकास खोज्न गृहकार्य शुरू गरि सकेको छ।
यस सम्बन्धी जानकारी सम्बन्धित देशका राष्ट्रीय समिति (NRMA - National Committee) मार्फत गरिने छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सँतोष कुमार ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…