विश्वभर कोरोनाबाट २० लाख ५६ हजार संक्रमित, १ लाख ३४ हजारको मृत्यु
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या २० लाख ५६ हजार ५५ पुगेको छ । संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ ६ लाख ३६ हजार ३ सय ५० जनालाई संक्रमण पुष्टि भइकेको छ । त्यस्तै, स्पेनमा १ लाख ७७ हजार ६ सय ४४, इटालीमा १ लाख ६५ हजार १ सय ५५, जर्मनीमा १ लाख ३४ हजार ७

२०७७ बैशाख ४ बिहीबार, बिहान ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या २० लाख ५६ हजार ५५ पुगेको छ ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ ६ लाख ३६ हजार ३ सय ५० जनालाई संक्रमण पुष्टि भइकेको छ । त्यस्तै, स्पेनमा १ लाख ७७ हजार ६ सय ४४, इटालीमा १ लाख ६५ हजार १ सय ५५, जर्मनीमा १ लाख ३४ हजार ७ सय ५३, फ्रान्समा १ लाख ३४ ५ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
कोरोनाभाइरस डटजेएचयूडटइडियूमा प्रकाशित बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल १ लाख ३४ हजार १ सय ७८ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अमेरिकामा बढी छन्। त्यहाँ २४ हजार ४ सय २९ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, इटालीमा २१ हजार ६ सय ४५, स्पेनमा १८ हजार ८ सय १२, फ्रान्समा १७ हजार १ सय ६७, बेलायतमा १२ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, ५ लाख ११ हजार १९ उपचारपछि निको भइसकेका छन् । निको हुनेमा चीनका संक्रमित बढी छन् । त्यहाँ ७८ हजार ३ सय ११ जना निको भइसकेका छन् । त्यस्तै, जर्मनीमा ७२ हजार ६ सय, स्पेनमा ७० हजार ८ सय ५३ जना निको भइसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…