लकडाउनमा किसानका पीडा : खपत नभएपछि खेतमै जोतेर नष्ट
‘सित्तैमा पनि खपत भएन, बाध्य भएर जोतें’

२०७६ चैत ३० आइतबार, बेलुकी ५:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपालमा गरिएको लकडाउनका कारण तरकारी बिक्री नभएपछि सिरहाका एकजना किसानले खेतमै जोतेर नष्ट गरेका छन् ।
व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका धनगढीमाई नगरपालिका १३, अशारीका राजदेव महतोले १५ कट्ठामा लगाएको झण्डै १० टन बराबर गोलभेडा आइतबार नष्ट गरेका हुन् । लकडाउनका कारण बिक्री हुन नसकेर कुहिन थालेपछि बाध्य बनेर ट्रयाक्टरले खेतमै जोतेर नष्ट गर्नुपरेको उनले दुखेसो सुनाए ।
‘मैले १५ कट्ठा जतिमा टमाटर लगाएको थिएँ’, उनले भने, ‘सित्तैमा पनि खपत नभएपछि बाध्य भएर जोतें ।’ गोडभेडालाई धेरै समय बारीमै राख्न नसकिने र भण्डारण पनि गर्न नसकिएका कारण खैतमै नष्ट गर्नुपरेको हो ।
तरकारीले बजार नपाएपछि लगाएको अन्य तरकारी पनि नष्ट गर्नुपर्ने अवस्थामा आइसकेको उनले बताए । लकडाउनका कारण ढुवानी सहज नभएका कारण उपभोक्ताको माग र आवश्यकता भएपनि घरदैलो पुर्याउन नसक्दा किसानले ठूलो क्षति बेहोर्नुपरेको छ ।
लकडाउनका कारण हाटबजार तथा सवारीसाधन ठप्प बनेपछि किसानले उत्पादन गरेको तरकारीले बजार पाउन सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…