भारतमा कोरोनाबाट एकैदिन ३४ को मृत्यु, मृतक संख्या २७३ पुग्यो
न्यूज ब्यूरो, भारत । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय ७३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । साथै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि आठ हजार नाघेको छ । भारतको स्वास्

२०७६ चैत ३० आइतबार, बिहान १०:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय ७३ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । साथै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि आठ हजार नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा समग्र संक्रमितको संख्या आठ हजार तीन सय ५६ पुगेको छ । भारतको महाराष्ट्रमा सबैभन्दा बढी एक सय २७ जनाको मृत्यु भएको छ ।
महाराष्ट्रमा संक्रमितको संख्या पनि एक हजार सात सय ६१ पुगेको छ । त्यस्तै, मध्यप्रदेशमा ३६, गुजरातमा २२ र दिल्लीमा १९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
दिल्लीमा संक्रमितको संख्या एक हजार नाघेको छ । दिल्लीमा एक हजार ६९ संक्रमित पुगेका छन् भने तामिलनाडुमा नौ सय ६९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म भारतमा सात सय १६ जना संक्रमित निको भइसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…