लकडाउन टेरेन एबी मल, अझै खुल्लै
दैनिक जसो त्यहाँ भीडभाड हुने क्रम राकिएको छैन ।

२०७६ चैत २९ शनिबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न नेपालमा सरकारले लकडाउन गरेको छ ।
नेपालमा समेत कोरोना संक्रमित भेटिएपछि सरकार थप कडाईका साथ रोकथामका कार्यमा लागेको छ । लकडाउनमा सरकारले भीडभाड नगर्न तथा अत्यावश्यक कामबाहेक नागरिकलाई घर बाहिरसमेत ननिस्कन भनेको छ ।
लकडाउन गरेको दिनदेखि नै भिडभाड नगर्न सरकारले नियमित सूचना प्रवाह गरिरहेको छ । यो कार्यको नेतृत्व स्थानीय सरकारले नै गरिरहेको छ । तर पनि सरकारको निर्देशनको अवज्ञा व्यापक देखिएको छ ।
कतिपय बुझेरै अवज्ञा गरिरहेका छन् भने कसैले लकडाउनबारे बुझेकै छैनन् । सिरहाको गोलबजारमा रहेको एबी मल लकडाउनमा पनि बन्द भएको छैन । सरकारको निर्देशनलाई लत्याउँदै दैनिक रुपमा अव्यवस्थित ढंगले मल सञ्चालन भइरहेको छ ।
मल सञ्चालनमै रहँदा उपभोक्ताहरु पनि मानेका छैनन् । दैनिक जसो त्यहाँ भीडभाड हुने क्रम राकिएको छैन । मल सञ्चालन गर्दा कोभिड–१९ को संक्रमणबाट जोगिन अपनाउनुपर्ने कुनै सावधानी पनि अपनाइएको छैन ।
दैनिक रुपमा मल सञ्चालन भइरहँदा पनि नगरपालिकाले भने कुनै चाँसो देखाएको छैन । ‘राजनीतिक र पावरको आडमा लकडाउनमा पनि दैनिक मल सञ्चालन भइरहेको छ, भीडभाड रोकिएको छैन’, स्थानीय अरविन्द मण्डलले भने, ‘यसमाथि प्रशासन र नगरपालिकाले अबिलम्ब सोच्नुपर्छ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…