भारतमा लकडाउन दुई हप्ता थप गरिने
न्यूज ब्यूरो, भारत । भारतमा लकडाउनको अवधी दुई हप्ता थप गर्ने तयारी गरिएको छ । यसको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग चार घण्टा लामो छलफल गरेपछि यसको संकेत मिलेको हो । बैठक सकिए लगत्तै नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट

२०७६ चैत २९ शनिबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतमा लकडाउनको अवधी दुई हप्ता थप गर्ने तयारी गरिएको छ ।
यसको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग चार घण्टा लामो छलफल गरेपछि यसको संकेत मिलेको हो ।
बैठक सकिए लगत्तै नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै भने, ‘प्रधानमन्त्रीले लकडाउन बढाउने सही फैसला लिनुभएको छ ।’ यद्यपि, लकडाउन बढाउने घोषणा कहिले गरिनेछ भन्ने यकिन छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…