मेयर कप क्रिकेट : ग्वाल्लेक सेमिफाइनलमा
बैतडी, ७ माघ : दशरथचन्द नगरपालिका– ९ ग्वाल्लेक, बैतडीमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा सम्पन्न खेलमा दशरथचन्द नगरपालिका– ५ दशरथचन्दलाई तीन विकेटले हराउँदै ग्वाल्लेक अन्तिम चारमा पुगेको हो । टस हारेर ब्याटिङ गरेको दशरथचन्दले

२०७४ माघ ७ आइतबार, राति ८:५० बजे१ मिनेट पढाइ

बैतडी, ७ माघ : दशरथचन्द नगरपालिका– ९ ग्वाल्लेक, बैतडीमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा सम्पन्न खेलमा दशरथचन्द नगरपालिका– ५ दशरथचन्दलाई तीन विकेटले हराउँदै ग्वाल्लेक अन्तिम चारमा पुगेको हो ।
टस हारेर ब्याटिङ गरेको दशरथचन्दले १६ ओभरमा १०५ रन बनायो । राजेन्द्र भट्टले सर्वाधिक २५ रन बनाए । बलिङतर्फ ग्वाल्लेकका प्रेम जोशीले चार विकेट लिए । एक सय ६ रनको विजय लक्ष्यका ग्वाल्लेकले १६.१ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो । बलिङतर्फ दशरथचन्दका नरेश रावलले तीन तथा राजेन्द्र भट्टले दुई विकेट लिए ।
ग्वाल्लेकका लागि ४९ रन बनाएका नरेश जोशी ‘म्यान अफ द म्याच’ घोषित भए । यसअघि खलंगा र देहिमाण्डौँ सेमिफाइनल पुगिसकेका छन् । सोमबार दशरथचन्द नगरपालिका– ३ दुर्गाभवानी र वडा नं ६ थालीगडाबीच खेल हुने मेयर कप क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…