लकडाउन हतार गरेर नहटाइयोस्, थप घातक हुनसक्छ : डब्ल्यूएचओ
न्यूज ब्यूरो, एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि संसारभरी चलिरहेको लकडाउन हतार गरेर नहटाउन सुझाव दिएको छ । लकडाउनलाई यदि हतार गरेर हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी डब्ल्यूएचओले दिएको हो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्र

२०७६ चैत २९ शनिबार, बिहान १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि संसारभरी चलिरहेको लकडाउन हतार गरेर नहटाउन सुझाव दिएको छ ।
लकडाउनलाई यदि हतार गरेर हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी डब्ल्यूएचओले दिएको हो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले संसारभरीका देशले लकडाउन समाप्त गर्ने विषयमा सतर्क रहन आवश्यक भएको बताए ।
युरोपमा कोरोनाभाइरसको महामारीले इटली र स्पेन सबैभन्दा धेरै प्रभावित छ । यी देशले प्रतिबन्धमा थोरै ढिलाई गरेका थिए । यद्यपि, यहाँ लकडाउन अहिले पनि जारी छ । संसारभरी कोरोनाभाइरसको कूल १६ लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् भने एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…