प्रदेश २ः सोनवर्षा नाका क्षेत्रमा सुरक्षा व्यवस्था कडा
४५ नेपाली नागरिकलाई सोनबर्षाको क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

२०७६ चैत २८ शुक्रबार, बेलुकी ७:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको कानपुर आलु गोदाममा काम गर्ने केही नेपाली मजदूर त्यहाँको सोनवर्षा बजार आइपुगेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
त्यहाँ उनीहरुले लुकीछिपी नेपाल प्रवेश गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा गरी निगरानी बढाइएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार सर्लाही जिल्ला मलङ्गवा नगरपालिकाकाका १ सय ८५ जना भारतको कानपुरको आलु गोदाममा काम गर्ने मजदूरहरु हुन ।
आज (शुक्रबार) बिहान सीमा क्षेत्रको भारतीय बजार सोनवर्षा आई पुगेको सूचना पाएका आधारमा सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी प्रदेश नं २ को १ सय ९ वटै नाकाबाट मानिसको आवागमन पूर्णरूपले बन्द गरिए पनि लुकीछिपी नेपाल आउने क्रम नरोकिएकाले सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको उहाँले जानकारी दिनुभयो ।
सचिव घिमिरेले हिजो चैत २७ गते बिहीबार भारतको कानपुरबाट नै भारतीय नाका सोनवर्षाबाट नेपाल प्रवेश गर्न खोज्ने ४० जना नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई सीतामढीस्थित ४५ नेपाली नागरिकलाई सोनबर्षाको क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…