रौतहटको एक मस्जिदमा प्रहरी नै कुटिए !
न्यूज ब्यूरो, रौतहट । रौतहटमा एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असईमाथि हातपात भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा बिहीवार साँझ रौतहटको परोहा नगरपालिकाको जापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका असई उपर हातपात भएको हो । तेजा

२०७६ चैत २८ शुक्रबार, दिउँसो १२:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असईमाथि हातपात भएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा बिहीवार साँझ रौतहटको परोहा नगरपालिकाको जापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका असई उपर हातपात भएको हो । तेजापाकडस्थित मस्दिजमा एकैठाँउमा सैयौँको संख्यामा मुस्लिमहरु जम्मा भएर नमाज पढिरहेको बेला सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंहमाथि हातपात भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस को संक्रमण नियन्त्रण गर्न सरकारले अगामी वैशाख ३ गते सम्मको लागि लकडाउनको घोषणा गरेको छ । तर यसै अवधिमा गत राति ७ बजे मुस्लिम धर्मावलम्बीहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकैठाँउमा दुुईसय बढी भेला भएका थिए ।
विशेष सूचनाको आधारमा प्रहरीचौकी लौकाहाका असई मुनमुन सिंह मस्जिदमा गएर त्यसो नगर्न एकठाँउमा ठूलो संख्यामा मानिस जम्मा नहुन आग्रह गएका थिए । असई सिंहले लकडाउन उल्लंघन नगर्न भीडले कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने कुरो सम्झाई रहँदा केही युवाहरुले उनीमाथि हातपात गरेका हुन् ।
प्रहरी उपर हातपात गरेको अभियोगमा मस्जिदबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…