कोरोना आइसोलेशन वार्डमै डाक्टरले बलात्कार गरेको आरोपमा पक्राउ, महिलाको मृत्यू
महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि ४ अप्रिलमा उनलाई अस्पतालबाट डिस्चार्ज गरियो ।

२०७६ चैत २७ बिहीबार, बेलुकी ६:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको महामारीबाट विश्वमै त्राहीमाम चलिरहँदा एक चिकित्सक (डाक्टर) ले महिलासँग बलात्कार गरेको घटना बाहिर आएको छ ।
कोरोना भाइरसको आशंकामा आइसोलेशन वार्डमा राखिएकी एक महिलासँग डाक्टरले बलात्कार गरेको खवर भारतीय सँचारमाध्यमहरुले प्रकाशन प्रकाशित गरेको छ ।
भारतको लुधियानबाट आएकी एक महिलालाई बिहार राज्यको गयाको एक अस्पालमा यो घटना भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । जसपछि महिलाको मृत्यू भएको जनाइएको छ ।
महिला आफ्ना श्रीमानसँग पँजाबको लुधियानाबाट बिहार आएकी थिइन । गत २५ मार्चको बिहार फर्केकी ती महिलालाई २ दिनपछि नै अस्पताल भर्ना गर्नुपरेको थियो । लुधियानामा रहेको क्रममा महिलालाई अत्यधिक रक्तश्राव (ब्लीडिँग) को कारण महिलालाई गर्भपतन गर्नुपरेको समाचारमा उल्लेख छ ।
गत २७ मार्चको उनका श्रीमानले गयाको अनुग्रह नारायण मेडिकल कलेजको अस्पतालमा भर्ती गराएका थिए । जहाँ उपचारपछि १ अप्रीलमा कोरोनाको आशंकामा उनलाई आईसोलेशन वार्डमा राखियो ।
आईसोलेशन वार्डमा महिला एक्लै बस्दै आएकी थिइन भने उपचारमा सँलग्न एक डाक्टरले नियमित उपचार गर्दै बलात्कार गर्दै आएका थिए ।
यसैबीच, महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि ४ अप्रिलमा उनलाई अस्पतालबाट डिस्चार्ज गरियो । त्यसपछि पनि महिलाको ब्लीडिँग रोकिएनन् ।
त्यस्तो अवस्थामा उनकी सासू आमाले उनलाई डराएको देखेर सोधेपछि उनले भनिन–“निधारमा टिका लगाएर आइसोलेशन वार्डमा आउने डाक्टरले मसँग बलात्कार गरे । यो कुरा मैले सुरक्षाकर्मीलाई पनि बताए, तर उनीहरुले ईज्जत प्रतिष्ठा भन्दै चुपचाप बस्न सल्लाह दिए । त्यसपछि डाक्टरले दोस्रो राती पनि बलात्कार गरे ।”
गत ६ अप्रिलको महिलाको मृत्यू भयो । त्यसपछि यस्ता घटनाको बारेमा समाजिक सँजालमा लेखिएपछि प्रशासनले सक्रियाता देखाउँदै घटनामा सँलग्न आरोपमा २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ गरिएकाहरु उपर अनुसन्धान थालिएको भारतीय सँचारमाध्यहरुले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…