जनकपुरः २ विघाको गहुँमा आगजनी, शोकमा किसान
घर भित्र्याउने समयमा आगो लगाएर नष्ट गरिदिँदा यादव परिवार विच्चलीमा परेका छन् ।

२०७६ चैत २७ बिहीबार, दिउँसो १:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा गएराती कुतरिया (पेलाउन) को लागि राखिएको गहुँमा आगजनी गरिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. १ स्थित मुसहरी टोलमा किसानले थुपारेर राखिएको गहुँमा अज्ञात व्यक्तिले आगजनी गर्दा दुई बिघाको गहुँबाली नष्ट भएको हो ।
स्थानीय सत्यनारायण यादवको गहुँबालीमा बुधबार (गएराती) करिब १० बजे मुसहरी टोल नजिकै थ्रेसरमा पेलाउनको लागि जम्मा गरिएर राखिएको गहुँमा आगजनी भएको हो ।
रातिमा मानिसहरू सुतिरहेको मौकाछोपेर गहुँ आगो लगाई नष्ट गदिएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
सबैला बजार हुँदै आएको एउटा मोटरसाइकलमा दुई जना सबार व्यक्तिले आगो लगाएर फेरि त्यही बाटोबाट फर्किएको हुन सक्ने एक स्थानीयले बताए ।
व्यक्तिगत दुश्मनीका कारण ४/५ महिनाको मिहिनत र लगानीले उब्जाएको दुई बिघाको गहुँलाई घर भित्र्याउने समयमा आगो लगाएर नष्ट गरिदिँदा यादव परिवार विच्चलीमा परेका छन् ।
यता, मुसहरी टोल भने धनुषाधाम नगरपालिका वडा नं. ३ मा पर्ने गरेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…