लकडाउनः जनकपुरमा घर–घर 'माछा'
सुपथ मूल्यको हरियो तरकारी, सागसब्जीको घर–घर र टोल–टोल सेवा सुचारु गर्नुभएको छ ।

२०७६ चैत २७ बिहीबार, बिहान १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनमा बजारहरु स्थगित भएपछि जनकपुरमा माछाको घुम्ती पसल सँचालन गरिएको छ ।
स्थानीय माछा व्यवासायी, कृषक, किसान र आम नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै माछाको घुम्ती पसल सँचालन गरिएको हो ।
प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको पहलमा उक्त घुम्ती पसल सँचालन गरिएको हो । गाडीमा माछा राखेर टोल टोलमा गएर आम उपभोक्तालाई माछाको आवश्यकता परिपूर्ति गरिएको छ ।
लकडाउनमा माछाले बजार पाउन नपाएपछि किसानहरुले मन्त्री साहलाई गुनासो गरेपछि यो विधी अपनाएको हो । बजारमा उपभोक्ताको भीड हुन सक्ने भन्दै घर–घर प्रणालीबाट उपभोक्तालाई माछा आपूर्ति गरिररहेको मन्त्री साहले बताउनुभयो ।
कोरोनो भाइरसको सँक्रमणबाट जोगिन सरकारले लगाएको लकडाउनमा आम नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गर्दै जरुरीको समानहरु घरसम्मै पुरयाउने व्यवस्था मिलाउने प्रयास गरिएको माछा, दुग्ध, तरकारी वितरणको प्रदेश स्तरीय समिति सँयोजक ध्रुव नारायण यादवले बताउनुभयो ।
यादव नेतृत्वको सहकारी विभागका केन्द्रीय सँयोजक सँजय साह सहितको टोलीले टोल टोलमा गएर तरकारी, दुग्ध, माछाको सहज आपूर्ति गर्ने गरेको छ ।
टोलीमा प्रमोद छिटान यादव, राजन साह, मनमोहन शर्मा, विजय कुमार यादव, पल्टु महतो लगायतले प्रदेश नं. २ को विभिन्न जिल्लामा गएर आम उपभोक्ताको आवश्यतालाई परिपूर्ति गर्ने गरेको छ ।
किसानको पोखरीबाट माछा उठाएर सुपथ मूल्यमा उपभोक्ताहरुलाई वितरण गरिरहेको बताइएको छ ।
यसअघि मन्त्री साहले सहकारीको नेतृत्वमा जनकपुर सहित प्रदेशभरि नै सहज र सुपथ मूल्यको हरियो तरकारी, सागसब्जीको घर–घर र टोल–टोल सेवा सुचारु गर्नुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…