विश्व स्वास्थ्य संगठनलाई ट्रम्पको यस्तो धम्की
न्यूज ब्यूरो, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको अन्तराष्ट्रिय खतराको विषयमा शीर्ष स्तरमा जुन दिन चेतावनी जारी गरेको थियो, त्यो दिन ट्रम्पले यो भा

२०७६ चैत २६ बुधबार, बिहान ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको अन्तराष्ट्रिय खतराको विषयमा शीर्ष स्तरमा जुन दिन चेतावनी जारी गरेको थियो, त्यो दिन ट्रम्पले यो भाइरसलाई झुटो बताएका थिए ।
ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले डब्लूएचओलाई दिने पैसा माथि रोक लगाउँदैछ भनेर धम्की दिएपनि लगत्तै बयान फेरेका छन् । उनले फेरी भनेका छन्, ‘मैले यस्तो गर्छु कहाँ भनेँ र ?’
अमेरिकामा कोरोना टास्क फोर्सका प्रमुख डा. एन्थोनी फाउचीले यो महामारीले अमेरिकामा जातीय भेदभाव बढाएको बताएका छन् । केही राज्य र शहरको डाटामार्फत् यसले अफ्रिकी–अमेरिकीलाई बढी प्रभावित पारेको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…