प्रदेश २ का किसानले राहत तथा क्षतिपूर्ति पाउने
यसबारे मन्त्रिपरिषद् बैठकबाट औपचारिक निर्णय हुने मन्त्री साहले जानकारी दिए ।

२०७६ चैत २५ मंगलबार, राति १०:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउनबाट प्रभावित प्रदेशका किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तयारी थालेको छ ।
लकडाउन अवधि भरका लागि प्रदेशका किसानहरुलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तयारी भइरहेको प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिएका हुन् । यसका लागि प्रदेशभरका किसानको लगत संकलन भइरहेको उनले बताए ।
प्रदेशमा कुखुरा व्यवसाय गर्ने किसानहरुलाई ठूलै घाटा भएको बताउदैँ मन्त्री साहले प्रति कुखुरा १ सय २५ रुपैयाँ र प्रति चल्ला १ सय रुपैया उपलब्ध गराउने निर्णय मन्त्रालयले गरेको बताए । त्यस्ता किसानलाई स्थानीय प्रशासन तथा स्थानीय सरकार मार्फत मुचुल्का उठाएर आएमा राहत पाउन सक्ने मन्त्री साहले बताए ।
त्यस्तै ऋण लिएका किसानहरुलाई क्षतिपूर्ती उपलब्ध गराउनका लागि बैंकहरुलाई चिठ्ठी काटिएको उनले बताए । मन्त्री साहले १० लाख रुपैयाँसम्म कृषिका लागि ऋण लिएका किसानहरुलाई ब्याज १२ प्रतिशत छुट, १० लाख रुपैयाँ देखि २५ लाख रुपैयाँसम्म ऋण लिएकालाई ५० प्रतिशत र २५ लाख रुपैयाँभन्दा माथि ऋण लिएका किसानलाई २५ प्रतिशत सम्म ब्याजमा छुट दिने तयारी सहित व्यवस्था हुने बताए ।
यसबारे मन्त्रिपरिषद् बैठकबाट औपचारिक निर्णय हुने मन्त्री साहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…