जापानमा एक महिना संकटकाल घोषणा
न्यूज ब्यूरो, एजेन्सी । जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपतकाल घोषणा गरेका छन् । द जापान टाइम्स न्युजले उल्लेख गरेअनुसार बुधबारदेखि लागू हुने गरी उनले आपतकाल घोषणा गरेका हुन् । अहिले घोषणा गरिएको संकटकाल मे ६ सम्म जारी रहनेछ । सोमबार आबेले जापानम

२०७६ चैत २५ मंगलबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपतकाल घोषणा गरेका छन् ।
द जापान टाइम्स न्युजले उल्लेख गरेअनुसार बुधबारदेखि लागू हुने गरी उनले आपतकाल घोषणा गरेका हुन् । अहिले घोषणा गरिएको संकटकाल मे ६ सम्म जारी रहनेछ ।
सोमबार आबेले जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको कारण जापानमा आपतकाल घोषणा गर्न लागिएको बताएका थिए । मंगलबार आपतकालको घोषणा गर्दै आबेले आधारभूत आर्थिक गतिविधि भने यो क्रममा पनि जारी रहने बताएका छन् ।
आपतकालमा पनि सार्वजनिक यातायात र सुपरमार्केटहरु खुला रहनेछन् । यो क्रममा मानिसहरुलाई घरमा नै बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…