कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीलाई आईसीयूमा राखियो
न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि अहिले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिँदै छ । कोरोना संक्रमणका लक्षण झन्झन् बढी हुँदै गएर उनको स्वास्थ्य अवस्था गम्भीर ब

२०७६ चैत २५ मंगलबार, बिहान ७:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
स्वास्थ्य अवस्था बिग्रिदै गएपछि अहिले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिँदै छ । कोरोना संक्रमणका लक्षण झन्झन् बढी हुँदै गएर उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
पहिले निवासमै आराम गरिरहेका ५५ वर्षीय जोन्सनलाई रोगले च्यापेपछि आइतबार राति अस्पताल भर्ना भएका थिए । संक्रमण अझ जटिल बन्दै गएपछि उनलाई आईसीयू कक्षमा सारिएको उनको प्रवक्तालाई उधृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…