राजदेबीको कलश यात्रामा हजारौंको सहभागी
सिरहा, ७ माघ । सिरहाको धनगढीमाई नगरपालिका ५ मोथियाहीबाट हिजो हजारौको संख्यामा कलश यात्रा निकालिएको थियो । मोथियाहीमा स्थित रहेका राजदेबी सातसती दुदहा भवड्ी मन्दिरको प्राङ्गणबाट हिजो हजारौको संख्यामा महिला तथा युवतीहरु कलश यात्रामा सहभागी रहेका थिए । उक्त राजदेबी मन्दिरमा जानेहरुको रोग कलह तथा टुनामु

२०७४ माघ ७ आइतबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

सिरहा, ७ माघ । सिरहाको धनगढीमाई नगरपालिका ५ मोथियाहीबाट हिजो हजारौको संख्यामा कलश यात्रा निकालिएको थियो ।
मोथियाहीमा स्थित रहेका राजदेबी सातसती दुदहा भवड्ी मन्दिरको प्राङ्गणबाट हिजो हजारौको संख्यामा महिला तथा युवतीहरु कलश यात्रामा सहभागी रहेका थिए ।
उक्त राजदेबी मन्दिरमा जानेहरुको रोग कलह तथा टुनामुना निको हुने, मनोकामना पुरा हुने स्थानिय जन विस्वास रहेको मेला समितिका अध्यक्ष राम चन्द्र यादबले बताए ।
राजदेबी मंन्दिरमा प्रत्येक वर्ष हजारौको संख्यामा स्थानिय तथा अन्य ठाँउका महिलाहरु उल्लेखनिय सहभागी हुने गरेको मन्दिरका पुजारी अन्तिलाल चौधरीले बताए ।
चौधरीका अनुसार यो मन्दिरमा आउने सबैको भलो तथा मनोकामना पुरा हुनाले यहाँ प्रत्येक वर्ष पुजा गर्ने भक्त जनहरुको घुईचो लाग्ने गर्दछन । साथै प्रत्येक वर्ष माघ पूर्णिमा मेला तथा देबी पुजा स्थानियहरु गर्ने गर्दैछन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…