कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन अस्पताल भर्ना
न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरसको संक्रमण भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना संक्रमण पुष्टि भएका बेलायती प्रधानमन्त्री जोन्सन ज्वरोलगायत यसका लक्षण कम नभएपछि अस्पताल भर्ना भएका हुन् । बेलायती सञ्चारमाध्यमका अनुसार उनी पुनः स्वास्थ्य परीक्षणका लागि

२०७६ चैत २४ सोमबार, बिहान ७:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरसको संक्रमण भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भएका छन् ।
१० दिनअघि कोरोना संक्रमण पुष्टि भएका बेलायती प्रधानमन्त्री जोन्सन ज्वरोलगायत यसका लक्षण कम नभएपछि अस्पताल भर्ना भएका हुन् । बेलायती सञ्चारमाध्यमका अनुसार उनी पुनः स्वास्थ्य परीक्षणका लागि आइतबार राति लन्डनस्थित अस्पताल भर्ना भएका हुन् ।
कोरोना भाइरसको संक्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रूपमा चालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…